पुराना कपडाबाट गज्जबका सिरक डसना

0
Shares

सलिम अन्सारी,प्यूठान ।
कपडा पुरानो भएर लगाउन नमिल्ने भएपछि तपाइ के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया फाल्छौ भन्ने आउला । तर जिल्लाको सरुमारानी गाउपालिका ४ मा भने सिरक डसना बनाउँछौ भन्ने जवाफ आउन थालेको छ ।

पुराना कपडाबाट कपास बनाएर नयाँ सिरक डसना बन्ने भएपछि सदुपयोग हुन थालेको हो।

यहाँ पुरानाबाट नयाँ कपडा बनाउने उद्योग सँचालनमा ल्याइएको छ ।पुराना काम नलाग्ने कपडालाइ पुन नयाँ बनाएर प्रयोगमा ल्याउन पहिलो पटक यहाँ उद्योग सँचालनमा आएको हो।

काम नलाग्ने पुराना कपडाबाट नयाँ कपास बनाउने उद्योग बाँकेका ३० बर्षिया गोबिन्द वुढाले सँचालनमा ल्याएका हुन। प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाइ कार्डन मेसिनको सहयोगले नयाँ कपास बनाएर पुन नयाँ कपडा बनाउन सकिने सँचालक बुढाको भनाइ छ।

उक्त कपासवाट नयाँ सिरक,डसना,तकिया लगायतका नयाँ कपडा बनाउने गरिएको छ। उच्च प्रबिधीबाट पुराना कपडालाइ कपास उत्पादन गरि नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही समेत खुसी भएका छन।

उनले भने उद्योगले बजार पाउनुका साथै सात जनाले रोजगारी समेत पाएका छन। पुराना कपडा तह लगाउन सजिलो भएकाले खर्च जोगाउन चाहनेहरुको लर्को लाग्ने उनले बताए।

कपडाहरु काटेपछि मेसिनमा पेलेर कपास उत्पादन गरिन्छ। रोजागोरीका लागि खाडि मुलुक गएका उनले बिदेशमै पुराना कपडा पेलेर उपयोगमा ल्याएको देखेका हुन। मनमा लाग्यो यसरी पनि पैसा कमाउन सकिने रहेछ उनले भने,अनि मेसिन किनेर ल्याएपछि व्यावसाय सुरु गरेको हुँ।

एक किलो कपडा पेल्न उनले ३५ रुपैयाँ लिने गर्छन। ७ लाख लगानीबाट सुरु गरिएको उक्त उद्योगबाट प्रतिमहिना ६० हजार रुपैया आम्दानी हुने उद्योग सँचालक बुढाले जानकारी दिए। यस्ता खालका उद्योग जिल्लामा आधा दर्जन छन।