दिपायलको बाणिज्य बैंकमा बृद्ध भत्ता लिनेको भिड

0
Shares

विमल विष्ट,डोटी ।
डोटीको दिपायलमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा हिजो आज बृद्ध तथा एकल महिला भत्ता लिने स्थानिय महिलाहरुको भिड लाग्ने गरेको छ ।

डोटीमा रहेको दिपायल सिलगढी नगरपालिकाले आफनो वडा मातहतका सम्पुर्ण बृद्ध तथा एकल महिला भत्ता लिनेहरुलाई बैंक मार्फत रकम भुक्तानी गर्ने निर्णय गरेकाले दिपायल बैंकमा महिलाको भिड लागेको हो ।

बैंकमा भत्ता लिने महिलाको भिड लागेपछि बैंक कर्मचारी बिहान ६ बजे देखी बेलुकी ६ बजे सम्म बैंकिङ कारोवारमा ब्यस्त रहने गरेको राष्ट्रिय बाणिज्य बैंक दिपायलका प्रमुख शिबराज कठायतले बताउनु भयो । उहाँले भन्नु भयो ‘तिहारैको मुखमा बृद्ध भत्तापनि बितरण सुरु भएकाले अन्य काम गर्न भ्याई नभ्याई छ,हामी बिहान ६ बजे देखी बेलुकी ६ बजे सम्म रकम दिनमै ब्यस्त छौ ।’

बैंकमा बृद्ध तथा एकल महिला भत्तालिनेका कारण अन्य कारोवारीहरुलाई आफनो चेक साट्न तथा रकम पठाउन निकै मुस्किल भएको बैंकमा आईतबार भेटिएका बड्डीकेदार गाउपालिकाका स्थानिय खडकबहादुर साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बैंकमा पुरै महिलाको भिड छ,हामीले चेक समेट साट्न पाएका छैनौ,महिलाको पालो नसकिन्जेल हाम्रो पालो आउला जस्तो छैन् ।’ तिहार नजिकिदै जादा डोटीमा तलब लिने तथा बैंकमा रकम झिक्नेहरुका कारण यहाँका बैंकहरुमा स्थानियहरुको हिजो आज भिडभाड हुने गरेको छ ।

बैंक कर्मचारीहरु बिहान देखी बेलुकी सम्म रकम बितरण गर्नमै बेस्त हुने गरेको एनसिसि बैंक दिपायलका असिस्टेन्ट कुमार खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘ हाम्रो बैंकमा असोजको क्लोजिङ पनि चल्दै छ, ग्रहकले क्लोजिङको किस्ता बुझाउने तथा तिहारको कारण पैसा झिक्नकै लागि बैंकमा आउने गरेकाले प्रायगरी हामी पैसा दिनमै ब्यस्त हुन्छौ ।’