वाम गठबन्धनबाट बाहिरिएका बाबुरामले कांग्रेससँग तालमेल गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन् ।गोरखा २ मा सहयोग गर्ने आश्वासन पाएपछि भट्टराई कांग्रेससँग तालमेलका लागि तयार भएका हुन् ।वाम गठबन्धनले उनलाई पहिले गोरखा २ मा स्थान दिने सहमति जनाएपछि भट्टराई एमालेको सूर्य चिह्नमा चुनाव लड्न तयार भएका थिए ।

तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ माओवादीले छाड्न नहुने र भट्टराईलाई सहयोग गर्न नहुने दबाव दिएपछि वाम गठबन्धनले उनलाई असहयोग गर्ने निर्णय गर्‍यो ।

त्यस लगत्तै भट्टराई गठबन्धनबाट बाहिरिएका हुन् ।भट्टराई अब नयाँशक्ति नेपालकै आँखा चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्नेछन् ।

कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने र गोरखा १ मा नयाँ शक्तिले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको नयाँशक्तिका नेता गंगा श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्