साइकलमा सवार गर्छन् नेदरल्याण्डका प्रधानमन्त्री, मोदीलाई पनि दिए साइकल उपहार


नेदरल्याण्डका प्रधानमन्त्रीको एउटा तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरेहको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको एउटा तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको हो । उक्त तस्विरमा मार्कले राजासंगको भेटमा उनले प्रयोग गर्ने साइकलको राजदरवार भित्र ताल्चा प्रयोग गर्दै गरेको दृष्य निर्कै चर्चाको विषय भएको छ ।

उक्त तस्विरमा उनले राजदरवारमा राजालाई भेट्न जांदा साइकल पार्क गरेर चावी लगाइएको दृष्य देख्न सकिन्छ । नेदरल्याण्डका प्रधानमन्त्री सधै साइकलमा सवार गर्छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि साइकल उपहार दिएका थिए ।
एजेन्सी