उपसभामुखको कुर्सी खुस्किए लगत्तै ओलीको शरणमा किन पुगे गंगाप्रसाद ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा आज आयोजित बिशेष कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् ।उनलाई अध्यक्ष ओली र महासचिव इश्वर पोखरेलसहितका एमाले शीर्ष नेताले खादा तथा टिका लगाएर एमालेमा प्रवेश गराएका थिए ।

आफू कक्षा १० मा अध्ययनरत रहँदादेखि नै कम्युनिष्ट भएको भन्दै लामो समयपछि एमाले प्रवेश गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘म कक्षा १० मा अध्ययनरत रहँदा नै कम्युनिष्ट थिएँ,’ यादवले भने , ‘म त्यसैबेला कम्युनिष्ट पार्टीको सदस्य बन्न चाहन्थें ।

त्यो अवसर आज प्राप्त भयो, खुशी लागेको छ ।’ एमाले प्रवेश गर्दा कमल थापाले नेतृत्व गरेको राप्रपाको आलोचना गरे । ‘मैले मेरो पूर्व पार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुन्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिए । त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, एमाले प्रवेश गर्नुको मुल कारण चाँही ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल पहाड तराईलाई जोडने ओलीको सोच नै हो ।’कार्यक्रममा बिप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका छन् ।