‘सत्तरीमा ६ कम मन्त्री किन चाहियो, कुस्ती खेल्न ?’



काठमाडौं  । प्रमुख विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले संसदमा बोल्दै जम्बो मन्त्रिपरिषद्को आलोचना गरेका छन् ।

शनिबार बसेको व्यवस्थापिका संसदको अन्तिम बंठकमा बोल्दै उनले निर्वाचन आचारसंहिताविपरित मन्त्री किन थपेको भनेर प्रश्न गरे । उनले झुक्किएर वा चिप्लिएर मन्त्रीको नाम प्रस्ताव गरेको भए फिर्ता लिन समेत आह्वान गरे ।

काम चलाउ भइसकेको वर्तमान सरकारको एक मात्र काम तोकिएकै समयमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउनु भएको भएको बताए । ‘यति धेरै मन्त्री किन चाहियो ? ७० मा ६ कम ? जुलुस निकाल्न ?,’ ओलीले प्रश्न गरे, ‘गृह, अर्थसहित २/३ मन्त्री भए पुग्छ । सुनिँदैछ मन्त्री ७० भन्दा ६ कम पुग्दैछ ।’

उनले सरकारले कानुन नमानेको भन्दै लोकतन्त्रको परिभाषा के हो भन्दै देउवालाई प्रश्न गरेका थिए ।

प्रतिपक्षी दलको नेताको रुपमा ओलीले सरकारलाई कानुन मान्न चेतावनी दिए । ‘यो निर्वाचन आयोगको निर्णय विपरित हो । फेरि सपथ गराउन कसरी जाँदै हुनुहुुन्छ तपाई ?,’ उनले भने, ‘‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला ।’ उनले यूरोपतिर यस्तो अवस्था आए ‘सेम, सेम’ भन्छन् भन्दै व्यंग्य गरे ।

प्रतिक्रिया दिनुहोस्