शिक्षा मन्त्रीलाई कालो मोसो दल्ले प्रयास

0
Shares

काठमाडौं । शिक्षा मन्त्रालयका कर्मचारी र विद्यार्थीहरुबीच झडप भएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो ।

कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

हिजो ७ विद्यार्थी संगठनहरुले शिक्षामन्त्री श्रेष्ठलाई सार्वजनिक रुपमा बहिष्कार गर्ने र मन्त्रीका कार्यक्रममा अवरोध गर्ने निर्णय गरेका थिए ।