दिगो विकास योजनालाई यती एयरलान्सको साथ

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
यती एअरलाइन्सले भखर्रै भित्र्याएका एटीआरमा दिगो विकास योजना (एसडीजी) ब्रान्डिङ गरेको छ। यससँगै एसडीजी ग्लोबल गोल्सले नेपालमा नयाँ उचाई पाउन थालेको कम्पनीले जनाएको छ।

नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एयरलाइन्सको सहकार्यमा एसडीजी ब्रान्डेड रोलआउट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक गरिएको हो। एसडीजी ब्रान्डेड रोलआउट सार्वजनिक गर्न आयोजित कार्यक्रममा यती एअरलाइन्स प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई र युएनका युएनडीपी कन्ट्री डाइरेक्टर रेनोउड मेयरको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयरले नेपालमा संयुक्त राष्ट्रसंघले घरेलु व्यवसायलाई कसरी अझ जिम्मेवार र एसडीजी मैत्री बनाउन सक्छौं भनी विभिन्न कोणबाट अध्ययन गरिरहेका जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘यतीको साथमा हामी चाँडै नै सन् २०३० सम्ममा नेपाललाई ग्लोबल गोल्स प्राप्त गर्न सहयोग पुग्ने थप नयाँ संयुक्त प्रयास लागू हुनेमा आशावादी छौँ।’
एटीआर ७२–५०० विमानमा गरिएको यूएन एसडीजीको ब्रान्डिङले यती एअरलाइन्स नेपालको विकासका लागि हरदम प्रयासरत रहेको र आफ्नो प्रयास हरसम्भव तरिकाले जारी राख्ने प्रतिबद्धता प्रतिबिम्बित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भन्नुभयो।