आमाको हत्या गर्ने छोरा पक्राउ

0
Shares

काठमाडौं, (नेस)
आफ्नै आमाको हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। गुरुङले आफ्नै आमा शान्ता गुरुङलाई सुतिरहेको अवस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो।