भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा

0
Shares

काठमाडौँ, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो ।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।

रासस