जिल्लाकै पुरानो क्याम्पसको स्तरउन्नती नहुँदा विद्यार्थी मर्कामा, सुधार गर्न प्राध्यापकनै चाहदैनन्


रविन भट्टराई,ताप्लेजुङ ।

सताई वर्ष अघि स्थापना भएको जिल्लाकै पुराने पाथिभरा बहुमुखि क्याम्पसको स्तरउन्नती नहुँदा स्थानिय विद्यार्थी उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ ।

स्थापना भएको लामो समय बितिसक्दा समेत क्याम्पसमा संकाय समेत थप्न पहल नहुँदा विद्यार्थीहरुले मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय मात्र अध्यान गर्नुपर्ने बाध्यता छ ।

क्याम्पसको स्तरउन्नती गर्न व्यवस्थापन समितिले चासो नदिदा र प्राध्यापकहरुले पनि क्याम्पसलाई भन्दा अन्य विद्यालय र प्लस टुलाई प्राथमिकता दिदा क्याम्पसको स्तरउन्नती नभएको स्थानिय विद्यार्थीहरुको गुनासो रहेको छ ।

क्याम्पसको विकासमा चासो नदिदा पहिले निर्माण भएको बाहेक अन्य भवन निर्माण र मर्मत समेत हुन नसकेको र संकाय र कक्षा थप नहुँदा विद्यार्थीको संख्या बढ्न नसकेको विद्यार्थी हरि घिमिरेको भनाई रहेको छ ।

क्याम्पसमा कार्यररत प्राध्यपकहरु ८० प्रतिसत भन्दा बढि अन्य विद्यालयमा पनि काम गर्ने भएकाले उनिहरुनै कारणले पनि क्याम्पसको स्तरउन्नती हुन नसको क्याम्पसकै केहि प्राध्यापकहरुको भनाई रहेको छ ।

क्याम्पसको स्तरउन्नती भए, संकाय थपिए र समय थपिए अन्यत्र विद्यालयमा पनि काम गर्न जान नपाउने भएकाले प्राध्यापकहरुनै क्याम्पसको स्तरउन्नती चाहदैनन् एक प्राध्यापकले नाम नबताउने सर्तमा भने ।

प्राध्यापक र व्यवस्थापन समितिको वेवास्था र लापरबाहिले स्नातकोतरको पढाई सञ्चालन नहुँदा जिल्लाका विद्यार्थीलेहरुले लाखौ खर्चिएर जिल्ला बाहिर बसेर पढ्नुपर्ने बाध्यता भएको राजधानिमा स्नातकोतर तहको अध्यायन गरीरहेका विद्यार्थी रमेस लिम्बुको भनाई छ ।

क्याम्पसमा भनेजस्तो पढाई पनि हुँदैन प्राध्यपकहरु हाजिरर गरी केहि घण्टा विताएर अन्य विद्यालय दौडन्छन त्यसैले राम्रो शिक्षाका लागि जिल्ला बाहिरनै जानु पर्छ लिम्बुले गुनासो गरे । पहिले क्याम्पस खुल्ने समयमा बाटो भर क्याम्पस जाने विद्यार्थीको घुईचो देखिने गरेकोमा हाल आएर व्यवस्थापन र स्तरउन्नतीमा भएको लापरबाहिले क्यम्पसमा विद्यार्थीको समेत चाप घटेको क्याम्पसमा अध्यानरहत विद्यार्थीहरुका भनाई रहेको छ ।