लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको निर्णय



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिबीचको एकताका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो । मंगलबार मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत बाम गठबन्धन बनाउने सहमति भएको थियो ।

त्यस्तै कांग्रेस बैठकले बाम शक्तिबीचको एकताले संविधान कार्यान्वयनमा असर पुर्याउने ठहर पनि गरेको छ ।

सथै कांग्रेस कार्यसम्पादन समितिको बैठकले कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्