एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा, पार्टी एकता गर्ने सहमति



नेपाल समाचारपत्र, काठमाडौ ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच वृहत बाम एकतासहित चुनावमा तालमेल गर्ने सहमति भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर तीन पार्टीले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने ६ बुँदे सहमति भएको घोषणा गरेका हुन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा संयुक्त घोषणा पत्र बनाएर निर्वाचनमा जाने पनि जानकारी दिइएको छ ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको तयारीका लागि पार्टी ८ सदस्यीय एकता संयोजन समिति पनि बनाएको छ ।
पार्टी एकीकरणको प्रक्रिया निर्वाचन पछि अगाडी बढ्ने दुवै दलका नेताहरुले बताएका छन् । समितिमा एमालेबाट ४, माओवादी केन्द्रबाट ३ र नयाँशक्ति नेपालबाट एक जना रहने बताइएको छ ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमर महासचिव इश्वर पोखरेल रहेका छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ रहेका छन् ।

कार्यक्रममा तिनै पार्टीका सबै वरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्