लस भेगास गोलीकाण्डः ५९ जनाको ज्यान लिने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लियो


एजेन्सी ।

अमेरिकाको लस भेगासमा गोली चल्दा कम्तिमा ५९ जनाको ज्यान गएको छ । यस्तो धेरै मानिसहरुको ज्यान नै जाने गरी गरी अन्धाधुन्ध गोली चलाउने ६४ वर्षे स्टीभन प्याडकका बारेमा प्रहरीले केही जानकारी खुलाएको छ । तर अहिलेसम्म प्याडकले किन गोली चलाएका हुन् भन्ने बारेका केहि कुरा खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा स्थानीय सयम अनुसार आइतबार राति प्याडकले अन्धाधुन्ध गोली चलाएका हुन् । प्याडकले होटलको ३२ औँ तलबाट अन्धाधुन्ध गोली चलाएको प्रहरीले बताएको छ ।

को हुन् प्याडक ?
नभाडाको मेस्किटका बासिन्दा प्याडक पूर्व एकाउन्टेट ९लेखापला० हुन् । उनी आर्थिक रुपमा सम्पन्न रहेको र उनले अवकासपछिको जीवन बिताइरहेका थिए । उनी सेप्टेम्बर २३ देखि लस भेगासको मान्डेले बे रिजोर्टको ३२ औँ तलमा रहेको कोठामा बस्दै आएका थिए ।

उनले स्थानीय समय अनुसार आइतबार राति रिजोर्टको बाहिरी क्षेत्रमा भइरहेको ओपन एयर काउन्टी म्युजिक फेस्टिभलमा अन्धाधुन्ध गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । घटनामा ५ सय २७ जना घाइते भएका छन् ।
लस भेगास प्रहरीले प्याडक बसेको होटल कोठाबाट २३ वटा बन्दुक बरामद गरेको छ ।

यस्तै उनको नभाडाको घरबाट थप १९ वटा बन्दुक बरामद भएको प्रहरीले दिएको जानकारी उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ । उनको घरमा बन्दुकसँगै विस्फोटक पदार्थ, हजारौं राउण्ड गोलाबारुद र केही विद्युतीय सामग्री फेला परेको प्रहरीले जनाएको छ । उनको कारबाट पनि केही गोलबारुद बरामद भएको सिएनएनले उल्लेख गरेको छ ।

प्याडकसँग पाइलट तथा हंटिङ्ग ९शिकार० लाइसेन्स रहेको सरकारी अधिकारीले बताएका छन् । प्याडक विरुद्ध यसअघि कुनै पनि आपराधी आरोप नलागेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेद गरेका व्यक्ति रहेको र उनका छोराछोरी छैनन् ।
प्याडकका पूर्व छिमेकीले उनी व्यवसायिक जुवाडे रहेको र उनको स्वभाव अजिव किसिमको रहेको बताएको बिसिसीले जनाएको छ । प्याडकले किन गोली प्रहार गरे भन्ने अहिलेसम्म नखुले पनि उनमा मानसिक समस्या रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

लस भेगास गोलीकाण्ड पछिल्लो समय अमेरिकाको इतिहासमा सबै भन्दा प्राणघातक हो । यसअघि सन् २०१६ को जुमा फ्लोरिडाको ओरलान्डोमा रहेको नाइट क्लबमा भएको गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो ।

प्याडकले अन्धाधुन्ध गोली चलाएपछि प्रहरी उनलाई खोज्दै होटलसम्म पुगेको थियो । तर उनले प्रहरी नजिक आएपछि आफैलाई गोली हानेको र उनको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । लस भेगास गोलीकाण्डपछि अमेरिकामा आन्तरिक आतंकवाद तथा बन्दुकको लाइसेन्समा नियम र नियन्त्रण गर्ने विषयमा चर्चा चुलिएको छ ।

तस्बिरः एजेन्सी