बिहानैदेखि डा. गोविन्द केसी अनसन बस्ने


ेनेपाल समाचारत्र, काठमाडौ ।
शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा। गोविन्द केसी अहिले बिहानैदेखि १२औं अनसन बस्ने भएका छन्।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर माफिया पोष्ने ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न बिहान ११ बजेदेखि नै अनसन सुरु गर्ने केसीले बताएका छन्।

‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको कुरा बिदितै छ’, डा। केसीको विज्ञप्तीमा भनिएको छ, ‘यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ।’

‘यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौ’, विज्ञप्तिमा भनिएको छ।