कञ्चनपुरको गर्जमुनिमा बस दुर्घटना, १० जना घाइते

0
Shares

कञ्चनपुर,पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक ना ५ ख २६४८ नम्बरको बस पल्टिँदा १० जना घाइते भएका छन्।

धनगढीबाट महेन्द्रनगर गइरहेको बस सडक छेउमा पल्टिएको हो। घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ।

घाइते मध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको स्वाथ्यकर्मीले बताएका छन्। बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।रासस