चीनमा बन्यो संसारको सबैभन्दा तीव्र गतिको बुलेट ट्रेनको इतिहास


अहिले चीनको राजधानी बेइजिङमा धमाधम रेलवे यातायातको चहलपहल बढिरहेको छ। संसारकै सबैभन्दा तीव्र गतिदेखि लिएर चालकविहीन रेलहरू परीक्षण एवं संचालन थालिएको छ।

चिनियाँ नयाँ पुस्ताको बुलेट ट्रेन फूसिङले आजदेखि औपचारिक रूपमा बेइजिङ(सांघाइ ३५० किलोमिटर प्रतिघण्टाको गति लिन सुरू गरेको छ। संसारको सबैभन्दा तीव्र गतिको बुलेट ट्रेनको इतिहास चीनमा बनेको छ।
बेइजिङदेखि सांघाईसम्म दैनिक सात पटक ओहोरदोहोर गर्ने यस बुलेटले पहिलेको भन्दा एक घण्टा दूरी छोट्याउँदै साढे ४ घण्टामा सीमित गरेको छ। गत जुनमा परीक्षण प्रारम्भ गरिएको फूसिङ, चीनको तेश्रो पुस्ताको बुलेट ट्रेन हो।

यस्तै बेइजिङले बुधबारदेखि महानगरमा तीन वटा रेलवे लाइन परीक्षण सुरू गरेको हो। ती तीन रेलवेमा चालक विहीन रेल, म्याग्लेभ सबवे र ट्रामवे रहेका छन्, जुन यसै वर्षको अन्त्यमा बेइजिङका पश्चिमी कछाड क्षेत्रमा संचालनमा ल्याइनेछ।

कूल १६.६ किलोमिटरको यानफाङ लाइन चीनको पहिलो घरेलु निर्मित सबवे हो। यसले बेइजिङको दक्षिणपश्चिमी कछाड क्षेत्रको यानह्वा र फाङशानबीच सम्पर्क गर्नेछ। यस लाइनको रेलको गति बढीमा ८० किलोमिटर प्रतिघण्टा रहने जनाइएको छ।
त्यस्तै १०.२ किलोमिटर एस-१ लाइन बेइजिङको पहिलो मध्यम-सुस्त म्याग्लेभ लाइन हो। यो लाइनबाट बेइजिङको श् चिङशान जिल्लाले पश्चिमी मन्थौकौ जिल्लालाई जोड्दछ।

नौ किलोमिटरको रेललाइनले उत्तरपश्चिम बेइजिङका प्रख्यात पर्यटकीय क्षेत्रलाई जोड्दछ। समर प्यालेस, स्याङशान पहाड र अन्य वनस्पति पार्कहरू यस लाइनका निशानामा परेका छन्। पर्यटक तथा सर्वसाधारण यात्रुको यातायात मागलाई ध्यानमा राखी ट्रयामवे सेवा, ट्रयामकार प्रणाली झण्डै आधा शताब्दीपछि पुनः सुरू गर्न लागिएको हो। यस ट्रयामकारको गति ७० किलोमिटर प्रतिघण्टा हुन्छ।

हालसम्म बेइजिङमा १९ वटा रेलवे लाइनले कुल ५४७ किलोमिटरमा सेवा प्रदान गरेका छन्। यस वर्ष २० सबवे लाइन वा थपिएका रेलवे टुक्राहरू बन्नेछन्। कूल ३५० किलोमिटर रेलवे लाइन यसै वर्ष बनाउने बेइजिङको योजना छ।

एजेन्सीको सहायोगमा