कठै यो दुर्दशाः सडक मर्मत नहुदा जाजरकोटवासी लाई सास्ती !


 डोरी लगाएर गाडी तान्दै यात्रुहरु
 सडक मर्मतमा सरोकारवाला निकाय उदासहिन
दिपेन्द्र शर्मा,  जाजरकोट ।
सदरमुकाम खंलगाको न्युरोड नजिक १ महिना अघि भत्कीएको सडक मर्मत हुन नसक्दा जाजरकोटवासी लाई शास्ती भएको छ । भेरी नगरपालिका– ३ न्युरोडमा पहिरो जाँदा १ महिना देखि यातायात अवरुद्ध छ । जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड अन्तरगत सदरमुकामको न्युरोड नजिक पहिरोले भत्किएको सडक नवन्दा स्थानीय वासीले सास्ती ब्यहोरेका हुन ।

उक्त खण्डमा यातायात अवरुद्ध हुँदा यात्रुहरु खलंगादेखि रिम्ना सम्म ५ घण्टा पैदल हिंड्न बाध्य छन् । सडकको मर्मत नहुदा ब्यापारीहरु लाई दैनिक उपभोग्य वस्तु ओसार पसारमा पनि समस्या छ । वैकल्पीक सडकको पहल नहुदा  पैदल यात्रीलाई समेत आवत जावतमा जोखिम भएको छ । लामो समय सम्म पनि भत्किएको सडकको पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको भेरी नगरपालीका ३ थाप्लेका शिव प्रसाद शर्माले वताए  । ‘सवै आउछन भत्कीएको सडक हेर्छन जान्छन मर्मतको कुनै पहल गर्दैनन,समयमा यसको वारेमा सरोकारवाला निकायले ध्यान नदिदा अझै विग्रीने खतरा छ, उनले भने ।

लामो समय सम्म पनि सडक मर्मत नहुदा सवै भन्दा वढि विरामीहरु मारमा परेको  शर्माले वताए । सरोकारवाला निकायले यसमा चासो नदिदा जिल्ला अस्पतालमा विरामी लिन सारै समस्या छ  शर्माले भने ।  उक्त ठाँउमा  पैदलरुपमा आवत जावत गर्नेलाई पनि कठिनाइ भएको छ ,पहिरोको कारण बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो गइ सडक भत्कीएको शर्माको भनाई छ ।वजार क्षेत्रका घरहरुको ढल निकास निकासको माध्याम सडक वन्दा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र र जलजला जेभी काठमाडौंले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुमको चरम लापरवाहीले गुणस्तरमा बेवास्ता गर्दा क्षति व्यहोर्नु परेको हो  । खलंगा–रिम्ना सडक स्तरोन्नति कार्य का लागी १२ करोड लागतमा रोजेन्द्र जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो ।

सदरमुकामको वाटो वाट रिम्ना जोडन समस्या भएपछि यातायात ब्यवसायीहरुले छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत जाजरकोट खण्डको पासागाड जिरो प्वाइन्ट वाट जाजरकोट डोल्पा जोडने कच्ची सडकमा जोखिम मोलेर भएपनि यातायात संचालन गर्ने गरेका छन । नेपाली सेनाले निमार्ण जिम्मा लिएको उक्त सडक खण्डमा खाल्डा खुल्डीले गर्दा निकै समस्या भएको भेरी गंगायातायात ब्यवसायी संघ जाजरकोटका अध्यक्ष नवराज सिंहले वताए । सेवा दिने उदेश्यले जोखिम मोलेर भएपनि ट्रयाक मात्र ओपन गरेको वाटोमा यातायात संचालन गरिएको उनले वताए । “वाटो भरि विग्रीएको छ, आर्मीले पनि मर्मत गरेको छैन, सडकमा गाडी दैनिक रुपमा फस्ने गरेका छन , निकास्न नै ३÷४ घण्टा लाग्छ,यसले गर्दा समयमा यात्रुहरु लाई गन्तब्यमा पुरयाउन सकिदैन” उनले भने । सदरमुकामको वाटोको विकल्प नहुदा वाध्य भएर नेपाली सेनाले ट्रयाक मात्र ओपन गरेको वाटोमा यातायात संचालन गर्ने गरिएको सिंहले वताए ।

 

उक्त सडकको पासागाड जिरो प्वाइन्ट देखि कालेगाँउ सम्म १८ स्थानमा सडक भत्कीएको सिहले जानकारी दिए । नेपाली सेनाले निमार्णको जिम्मा लिएको उक्त सडकको स्तरोन्ती नहुदा यात्रुहरुले वसलाई डोरीले वाधेर तान्दै फसेको स्थान वाट तान्ने गरेका छन । अन्य कुनै विकल्प नहुदा जाजरकोटका पुर्वी क्षेत्र तथा डोल्पा र रुकुमकावाट आउने यात्रुहरु यहि सडकमा यात्रा गर्दै आएका छन । साघुरो तथा कच्ची सडकमा यातायात ब्यवसायीहरुले पनि ठुला वसहरु संचालन गर्ने गरेको भेरी नगरपालीका ४ का अमर जंग शाहले वताए । “सडकको क्षमता भन्दा वसहरु नै ठुला छन ,सडकमा धेरै खाल्डा खुल्डी भएकाले गाडीहरु फस्छन , यात्रुहरुले दुख पाउछन उनले वताए । माथीको वाटो नवनुन्जे नगरपालीका तथा सडक डिविजन कार्यलयले यो वाटोको स्तरोन्नती गनुपर्ने शाहले वताए । चाड पर्वको वेलामा नागरिकले सहजरुपमा गाडी चडने ब्यवस्था गर्न  सम्बन्धीत निकाय लाई  आग्रह गरेका छन ।