स्थानीय तह निर्वाचनः अघिअघि मधेशवादी दल पछिपछि मुख्य दल !


कृष्णउदास खनाल, वीरगन्ज । कुनै बेला यही समयमा मधेश आन्दोलनको तापका कारण निकै उत्कर्षमा पुगेको पर्सा जिल्ला अहिले चुनावी परिणामका कारण उत्षर्गमा छ । मधेश आन्दोलनको केन्द्रभूमि भएका कारणले पनि यो जिल्ला र वीरगन्ज महानगरपालिकाको मतपरिणामलाई सबैले निकै चासोका साथ हेरेका छन् ।

निकै ढिलो र सुस्त गतीमा चलिरहेको वीरगन्ज महानगरपालिकाको मतपरिणामको अवस्था हेर्ने हो भने राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसले मध्य एककले बाजी लमार्ने आंकलन गर्न सकिन्छ । यद्यपी वीरगन्जमा प्रारम्भिक मत गणना भइरहेका कारण ठोकुवा गर्ने अवस्था नभएपनि यी मत परिणामले यो आंकलनमा टेवा पु¥याएको छ । दुई नम्बर प्रदेशकै एकमात्र महानगरपालिकामा राजपा अगाडि छ यद्यपी कांग्रेस र राजपाको मतको दुरी टाढा छैन ।  अघिल्लो संबिधान संबिधान सभाको निर्वाचनमा पर्साको ५ स्थानीय तह मध्ये तीन स्थानमा बिजयी हासिल गरेको एमालेलाई भने खास जोगाउनका लागि नै हम्मे हम्मे परेको छ ।

पर्साको कुल १४ स्थानीय तह मध्ये एमाले पर्सा गढी नगरपालिका र बिन्दवासिनी गाउपालिका बाहेक अन्य स्थानमा पछाडी छ । ठूलो पार्टी कांग्रेस पनि चार स्थानमा मात्रै अगाडि छ । बहुदरमाई नगरपालिका सहित जीराभवानीपुर,पटेर्वासुगौलीमा कांग्रेस अगाडि छ भने फोरम नेपाल चार स्थनामा बश्चर्व जमाउन सफल भएको छ । पोखरिया नगरपालिका लगभग उसको पोल्टामा जानेृ संभावना छ भने धोबिनी,सखुवाप्रसौनी र जगरनाथपुरमा उसले आफ्नो अग्रता कायम राखेको छ । माओवादीले ठोरी,छिपहरमाई र लपकाहामैनपुरमा अग्रता देखाएको छ । पर्सामा अग्रस्थानमा रहेका सबै तहमा मधेशवादी दलहरुले बिजयी हासिल गरे ठूला दलको हार समान हुने राजनीतिक दलमा बिश्लेषण गरिएको छ ।