रोहिंग्या समुदायमाथि भइरहेको हिंसा रोक्न माग गर्दै म्यान्मार दुतावास अगाडि प्रदर्शन



प्रशान्त वली,ललीतपुर ।

म्यान्मारका रोहिंग्या समुदायमाथि भइरहेको हिंसा र जातीय सफाया रोक्न दबाब दिने उद्धेश्यले नेपालस्थित म्यान्मार दूतावास ललीतपुर अगाडी प्रदर्शन भएको छ । म्यानमार सरकारलाई दबाब दिन साकेंतीक रुपमा धर्ना गरीएको आयोजक संस्था एम्नेष्टि ईन्टरनेशनलले जानकारी दिएको छ ।

म्यान्मारमा रहेको अल्पसंख्यक रोहिंग्याहरुको जातीय सफाया भइरहेको भन्दै रोहिंग्याविरुद्व भैरहेको हिंसा र मानव अधिकार दुव्र्यवहार अन्त्य गर्न माग गर्दै धर्नाको आयोजना गरिएको एम्नेष्टिका केन्द्रिय सदस्य बिपीन बुढाथोकिले नेपाल समाचारपत्र दैनिकलाई जानकारी दिनुभयो ।

३ लाख ७० हजार रोहिंग्याहरु म्यान्मारबाट भाग्न बाध्य भएको बताइएको छ । बुधबार बिहान एक घण्टा भएको धर्नामा मानब अधिकारकर्मी, स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्