गोरखा पुगेर प्रचण्डले भने:नयाँ शक्ति सँग तालमेल हुने कुरा असम्भव


सन्तोष अधिकारी,गोरखा
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टी सँग एकता हुनै नसक्ने बताए ।

उनले संघीय लोकतान्त्रवादी पार्टीहरुसँग तालमेल हुनेचाहीँ बताए । कार्यकर्ता प्रशिक्षण तथा आगामी निर्वाचनको तयारीका लागि गोरखा आएका प्रचण्डले प्रेश सेन्टर गोरखाले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘नयाँ शक्तिले छोड्यो भने मात्र एकता हुन्छ’ उनले भने ‘प्रदेश र केन्द्रको निर्वाचनमा पनि अहिलेकै जस्तै लोकतान्त्रवादी पार्टीहरुसँग तालमेल हुन्छ । अहिलेकै अबस्थामा तालमेलको सम्भावना छैन ।

तर, बाबुरामजीले नै छोड्नु भयो भने मात्र तालमेल हुन्छ ।’ उनले विभाजित भएकाहरुलाई एक हुन आग्रह प्रचण्डले गोरखा आएर माओवादी केन्द्रबाट विभाजित भएर नयाँ पार्टी बनाएकाहरुलाई पनि एक हुन आग्रह गरे ।

‘हामी फुट्दा कस्लाई फाईदा पुगेको छ त्यो सबैले बुझेकै कुराहो’ उनले भने ‘बाबुराम, विप्लब र बैद्यजीहरु र माओवादी केन्द्र अगल बस्नुको औचित्य सकिएको छ । सबै एक हुनुपर्छ ।’