सरकारी अनुगमनलाई सकारात्मक रुपमा लिनुपर्छः मन्त्री प्रधान

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।
रक्षा मन्त्री भिससेनदास प्रधानले सरकारी अनुगमलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् ।

उनले बजारमा देखिएको विकृति र विसंगती हटाउदै उपभोक्ताले उपभोग गर्ने बस्तलाई गुणस्तरीय बनाउन अनुगमनलाई प्रभावकारी बनाइएको बताएका हुन् ।

‘व्यवसायीलाई निरुत्साहित गर्न बजार अनुगमन गरिएको होइन’, मन्त्री प्रधानले भने,‘गुणस्त बृद्धि गर्न र उपभोक्तालाई ठगिनबाट जोगाउनु सरकारको कर्तव्य हो ।’

मंगलवार राजधानीमा फाष्टफुट एसोसियसनको तेह्रौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै रक्षा मन्त्री प्रधानले फास्टफुट एसोसियसनले उपभोक्तहरुको हितलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

उनले आफू पनि फास्टफुटको पारखी भएको बताउदै मन्त्री भएपछि जान नपाएको बताए । ‘बहुदलिय व्यवस्थाको स्थापनासँगै फाष्टफुट व्यवसाय पनि फस्टाएको छ, यो पनि उपलब्धी हो’,मन्त्री प्रधानले भने । उनले अधिकार उपभोग गर्दा आफ्नो दायित्व र कर्तव्य पनि नर्विसन व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा फाष्टफुट एसोसियसनका अध्यक्ष धनबहादुर श्रेष्ठले व्यसायीहरुले गुणस्तरमा ध्यान दिएको बताउदै आगामी दिनमा झन् व्यवस्थि गर्दै लैजाने बताए । स्वच्छ खाना स्वस्थ्य जीव्न हाम्रो पहिचान, फाष्टफुडहरुको समृद्धि विकास गर्नु हाम्रो अभियान भन्ने नारालाई आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वय गर्दै लैजाने एसोसियसनका महासचिव हिमाल श्रेष्ठले बताए ।

एसोसियसनमा १ सय ७० वटा फाष्टफुट व्यवसायी आबद्ध रहेका छन् । एशोसियसनले आफ्नै लगानीमा राजधानीको बुद्धनगरमा जग्गा खरिद गरेर भवन निर्माणको कार्य समेत अगाडि बढाएको छ ।