आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
सरकारले आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यसअघि मन्त्रिपरिषद् बैठकले नै खड्कालाई हटाउने विषयमा पनि छलफल भएको थियो। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले कुनै काननुी आधारमा नटेकी खड्कालाई हटाउँदा उनी अदालतबाट पुनर्बहाली हुन सक्ने भन्दै समिति बनाएमात्र उनलाई हटाउने उपयुक्त हुने सुझाव दिएका थिए।

तर सोमबार बसेको मन्त्रीपरिसद्को बैठकले खड्कालाई पदबाट हटाउने निर्णय गरेको हो। खड्कामाथि पेट्रोलियम पदार्थ भण्डारणका लागि देशका विभिन्न ठाउँमा जग्गा खरिद गर्दा ६ गुणासम्म बढी मूल्य बनाएको आरोप लागेको छ।