भातृ संगठनको कार्यक्रममा भाग लिन गएका कांग्रेस नेता पौडेल २४ घण्टादेखि नियन्त्रणमा


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान इमिग्रेसनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनको कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिबार अपरान्ह टोकियोस्थित नारिता बिमानस्थलमा इमिग्रेसनले पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलसँगै रहेका अर्का कांग्रेस नेता धनराज गुरुङलाई भने इमिग्रेसनले प्रवेश अनुमति दिएको थियो । झण्डै २४ घण्टादेखि इमिग्रेसनले पौडेललाई नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरेपनि सफल नभएको ब्ुझिएको छ ।