आफ्नै छात्रालाई जर्वजस्ती करणीको प्रयास गर्ने शिक्षक पक्राउ



चिरञ्जीवी मास्के,दोलखा ।

दोलखा विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक आधारभूत विद्यालयमा कक्षा ६ मा अध्यनरत एक छात्रालाई जर्वजस्ती करणीको प्रयास गर्ने सोहि विद्यालयका शिक्षक सुन्दर प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक पाण्डेले छात्रालाई गत भदौ १९ गते विद्यालय समय पश्चात किताब दिने बहानामा कक्षा कोठामा बोलाई जर्वजस्ती करणीको प्रयास गरेको प्रहरीको आरोप छ ।

आरोपी शिक्षकलाई अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्