थवाङ गाउँपालिका प्रमुखको अपहरण गरेर प्रचण्ड जाने कार्यक्रम बिथोल्ने विप्लवको योजना !


नेपाल समाचारपत्र, रोल्पा । थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती वियोगअपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरमा रहेका उनलाई बिहीबार राति अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बिहिबार राति करिब २ बजेतिर उनको अपहरण भएको रोल्पाका डिएसपी वीरेन्द्र थापाले बताए । घर्तीको खोजी भइरहेको छ ।

शनिबार थवाङमा आयोजना गरिने गाउँसभा उदघाटनमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।