मुलुकभर वालअधिकार दिवस मनाई रहँदा रुकुममा भने अझै शिक्षा र स्वास्थ्यबाट बञ्चीत

0
Shares

धनवीर दाहाल, रुकुम । राष्ट्रिय वालअधिकार दिवस मुलुकभर मनाइरहँदा रुकुमका ग्रामिणस्तरका बालकालिका भने अझै शिक्षा र स्वास्थ्य जस्ता आधारभुत सेवाबाट बञ्चीत रहेका छन् । रुकुम जिल्लाका ग्रामिण स्तरका वालवालिका शिक्षा र स्वास्थ्यबाट बञ्चीत भएको वालवालिकासँग काम गर्ने निकायले बताएका छन् । यति मात्र होइन रुकुममा वालविवाह, बालश्रमशोषण, वालयौन दुव्र्यवहार पनि कायम रहेको बताइएको छ ।

वालवालिकाको समस्यालाई समाधान गर्न वालवालिकासँग काम गर्ने सरकारी तथा गैरसरकारी निकायले पहल थाल्नुपर्नेमा वालवालिकाको जोड छ । आफुहरुको आधारभुत आवश्यकताहरु पुरा गर्नतर्फ सरोकारवालाहरु अग्रसर हुनुपर्ने वालवालिकाको भनाई छ । ग्रामिण स्तरका वालवालिकालाई लक्षित गरी राज्यले कार्यक्रम ल्याउनुपर्नेमा उत्तिकै जोड दिइएको छ । वालवालिकालाई शिक्षाको मुलधारमा ल्याउन राज्य जिम्मेवार हुनुपर्ने जिल्ला वाल कल्याण समितीका सदस्य धनबहादुर खड्का बसन्तले बताउनुभयो ।
रुकुम जिल्लाको हकमा खास गरी वालविवाह, वालश्रम, संरक्षण बिहिन वालवालिकाको अवस्था मुख्य समस्या रहेका छन् । गरिवी, बिद्यालय दुरी टाढा तथा अशिक्षाको कारण पनि वालवालिका शिक्षाबाट बञ्चीत रहेको जिल्ला बालअधिकार अधिकृत मानविर ओलीले बताउनुभयो । रुकुममा ८३८ द्धन्दपिडित वालवालिका रहेको र ११८ वालकालिका संरक्षणबिहिन रहेका छन् । जिल्ला बालकल्याण समितीका अनुसार रुकुममा अझै पनि वालविवाह, वालयौन दुव्र्यवहार,वालवालिका ओसारपसार, वालश्रम शोसन जस्ता समस्या अझै व्याप्त रहेका छन् । मुख्य समस्या तथ्यांकमा हेर्दा रुकुममा बालविवाह १९ वर्ष मुनी विवाह गर्नेको ५७ प्रतिशत रहेको छ भने द्धन्द पिडित ८३८ र संरक्षण विहिन बालबालिका ११८ जना रहेका छन् ।

यसै गरी जिल्ला भर २७ जना बालबालिकाहरु रहेका छन् भने शिक्षा, स्वास्थ्यको पहुचमा विगतको भन्दा केही कमी भएपनि विभिन्न कारणले शिक्षावाट पनि वन्चित रहेका छन् । विभिन्न खोपवाट करिव ०.८० प्रतिशत बालबालिका वन्चित रहेका छन । जिल्लामा पनि पछिल्लो अवस्थामा अभिभावकलाई विभिन्न प्रलोभनमा पारी अर्थात बालबालिकालाई ललाई फकाई एक ठाँउवाट अर्को ठाँउमा लैजाने समस्या पनि मुख्य समस्या रहेको छ । यस्तै सामाजिक रुपमा मेलमिलापको दवाव तथा वालयौन दुव्र्यवहार पनि समस्याका रुपमा रहेका छन् ।

जिल्लामा एचआईभी एड्स प्रभावित बालबालिका, बालबालिका परित्याग गर्ने , बालभेदभाव, कुपोषण, अपाङ्गता (शारीरिक र मानसिक), ड्रप आउट, बालगृहमा सिफारिश गर्ने, लागू पदार्थ दुव्र्यसनी, जन्मदर्ता÷पहिचान, बालन्याय (कानुनी विवादमा परेका बालबालिका, आत्महत्या, विपद्मा बालबालिका, डिप्रेसन, जवरजस्ती÷प्रलोभनमा धर्म परिवर्तन, विद्यालयहरुमा छात्रामैत्री शौचालयको अभाव, गरिबी विपन्न बालबालिका, अव्यवस्थित बसाइसराइँ, बालसंवेदनशील अभिभावक, शारीरिक तथा मानसिक दण्डसजाय, बालआवाज सुनुवाई नहुनु, खाद्य असुरक्षा, सामाजिक असुरक्षा, घरमूली बालबालिका, पारिवारिक बिग्रह, जंक फुड आदी समस्या रहेका छन् ।