माउन्ट एभरेस्टमाथि रूसको दाबी

0
Shares

 

मस्को, (एजेन्सी)
प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रूसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्मक इलाकामाथि दाबी रहँदै आएको छ। तर सोमबार मस्कोका कूटनीतिक शाखाले इन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात् सगरमाथा रूसको भएको दाबी गरेको छ।

बेलायतस्थित रूसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका ‘शुभ प्रभात’ अभिवादनहरूमध्येको एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ। बेलायतस्थित रूसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रूसी भूभाग बताइएको छ।

दूतावासको उक्त ट्विटलाई लिएर सामाजिक सञ्जालमा यसअघिका घटनाहरूमा भन्दा प्रतिक्रियाको बाढी नै ल्याएको छ। मस्कोको उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिएका छन्।

केहीले भने उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन्। एक जनाले रूसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्बु्रस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएको छ।