पेट्रोल डिजेल गाडीमाथि प्रतिबन्ध लगाउने चीनको तयारी


 

बेइजिङ, (एजेन्सी)
गाडीका लागि विश्वकै सबैभन्दा ठूलो बजार चीनले डिजेल र पेट्रोलबाट चल्ने गाडीमाथि आफ्नो देशमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ।

देशको उपउद्योग मन्त्रीले यस विषयमा अनुसन्धान शुरू गरिएको तर प्रतिबन्ध कहिलेदेखि लागू गर्ने भन्ने विषय तय नभइसकेको जानकारी दिए। मन्त्री सिन गुओबिनले चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई भने– ‘यो कदमले गाडी उद्योगको विकासमा अन्त्यन्त ठूलो परिवर्तन ल्याउनेछ।’

चीनले गत वर्ष करिब २ करोड ८० लाख गाडी निर्माण गरेको थियो। यो विश्वभरिको एक तिहाइ हिस्सा हो। प्रदूषण र कार्बन उत्सर्जनलाई कम गर्ने प्रयासस्वरूप बेलायत र फ्रान्सले पहिले नै सन् २०४० सम्ममा डिजेल र पेट्रोल गाडीलाई उनीहरूकोमा प्रतिबन्धित गर्ने घोषणा गरिसकेका छन्।

चिनियाँ निर्माता भोल्भो कार समूहले सन् २०१९ देखि उनको सबै नयाँ गाडीको मोडलमा इलेक्ट्रिक मोटर हुने जुलाईमा जनाएको थियो। सन् २०२० सम्ममा भोल्भोका चिनियाँ मालिक जिलीले एक लाख इलेक्ट्रिक गाडी बच्ने लक्ष्य राखेका छन्। रेनो–निसान, फोर्ड र जनरल मोटर्ससहित विश्वभरिका अन्य ठूला कम्पनीहरूले चीनको बजारका लागि इलेक्ट्रिक गाडी विकसित गर्न जुटिसकेका छन्।

प्रदूषणको समस्यासँग लड्नका लागि बनाइएको नयाँ नियम लागू हुनु अगाडि नै विस्तार भइरहेको चिनियाँ बजारमा आफ्नो हिस्साका लागि कम्पनीहरू प्रतिस्पर्धा गरिरहेका छन्।

चीनले सन् २०१५ सम्ममा त्यहाँ हुने गाडीहरूको बिक्रीमा कम्तीमा पाँच भागमा एक भाग इलेक्ट्रिक गाडी र प्लग इन हाइब्रिड गाडी होस् भन्ने चाहेको छ। यसको अर्थ आगामी वर्षसम्ममा ब्याट्रीको इलेक्ट्रिक वा प्लग इन संस्करणको बिक्री कम्तीमा ८ प्रतिशत आवश्यक हुनेछ र त्यसलाई सन् २०२० सम्ममा १२ प्रतिशतले बढाउनुपर्नेछ।

यो परिवर्तनले उद्योगमा केही समयका लागि अशान्ति आउन सक्ने बताए। यो परिवर्तनले अहिले विश्वमा अमेरिकापछि दोस्रो ठूलो तेल उपभोक्ता चीनमा तेलको मागमा पनि गहिरो असर पर्नेछ।