काठमाडौं, (नेस)
बस, ट्रक, ट्रिपर जस्ता सवारी एवम् ढुवानीका साधन बिक्री गर्दै आएको बतास अर्गनाईजेसनको इष्ट्रन एजेन्सी प्रालिले नेपालको निर्माण क्षेत्रमा भइरहेको आधुनिकीकरणमा साथ दिँदै केवाईबी कनम्याट ट्रानेस्ट मिक्सचर बजारमा ल्याएको छ।
हाल ७ घनमिटर र ४ घनमिटरका २ अलग–अलग मोडलमा उपलब्ध मिक्सरहरू निकट भबिष्यमै २ घनमिटरमा पनि उपलब्ध हुन कम्पनीले जनाएको छ।
देशभरी ६६ वटा डिलर तथा वर्कसपमार्फत् सेवा दिइरहेको र देशभर करिब १५० वटा स्पेयर पार्टस् तथा डिलरहरू रहेको ईष्ट्रन एजेन्सीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जनाकारी दिनुभयो।
प्रतिक्रिया