केटको अर्धनग्न तस्वीर प्रकरणमा अदालताको फैसला

0
Shares

 

लन्डन, (एजेन्सी)
बेलायतका राजकुमार विलियम्सकी पत्नी डचेस अफ क्याम्ब्रिजको फ्रान्समा छुट्टी मनाइरहेको बेला पापाराजीबाट खिचेका टपलेस तस्वीर उनको निजी जीवनमाथि दखल भएको अदालतले निर्णय दिएको छ।

केट र राजकुमार विलियम्सको तेस्रो सन्तान आउने तयारीमा रहेको समाचार बाहिरिएको २४ घण्टा नबित्दै पश्चिम पेरिस, नेन्टेरीको एक अदालतले ५ वर्ष पुरानो उक्त मुद्दामा निर्णय सुनाएको हो।

अदालतले शाही दम्पतीलाई उनीहरूले व्यहोर्नुपरेको क्षति तथा पीडाका लागि १ लाख पाउन्ड क्षतिपूर्ति दिन भनेको छ। अदालतले क्लोजर अखबारका सम्पादक तथा निर्देशकलाई प्रत्यकले अधिकतम ४५ हजार पाउन्ड तिर्न आदेश दिएको छ।

फ्रान्समा बिदामा रहेका ती दम्पतीको शक्तिशाली लेन्सको प्रयोग गरी खिचेका तस्वीर प्रकाशित गरेको उक्त मुद्दामा संलग्न तीन जना फोटोग्राफरलगायत ६ जनाविरुद्ध यसै वर्षको शुरूआतमा सुनुवाइ भएको थियो। ती तस्वीरहरू फ्रान्सको सेलिब्रिटी अखबार क्लोजर र स्थानीय समाचारपत्र ला प्रोवेम्सीमा छापिएको थियो।

यसअघि केसिंग्टन प्यालेसले विलियम्सकी पत्नी केट मिडल्टनले तेस्रो सन्तान दिने घोषणा गरेको थियो। बेलायतकी महारानी र दुवै परिवारले उनीहरू यस समाचारबाट अत्यन्त खुसी भएको बताएका थिए। विलियम र केटको अहिले दुई सन्तान ४ वर्षका छोरा जर्ज र २ वर्षकी छोरी सार्लट छन्।