एघार वर्ष पछि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा (फोटो फिचर)



पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ५ का २९ वर्षका वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाउनुभएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका जात्रा मनाईने प्रचलन अनुसार थिमिकै दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा नातु अर्थात् सुइरोले जिब्रो छेडाएको थियो ।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसबाट पीडित भएपछि थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका आरध्यदेवी बालकुमारीको साधना गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्तिको रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो ।

जिब्रो छेड्ने दिनलाई द्यः दुसालेगु भन्ने गरेको र त्यसदिन बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन छ । आर्थिक तथा विभिन्न कारणले लोपोन्मुख अबस्थामा पुगेपछि स्थानीय युवाले यसलाई जोगाउन जात्रा संचालन गरेका हुन् । जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर मध्यपुर थिमि नगरबासी तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा जात्रा संचालन भएको हो ।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुबाट पीडित भएपछि थिमिका जनताहरुलाई दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधन गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरुको रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै गरेको तयारी भएको बताउनुभयो । जिब्रो छेड्ने नातु (सुईरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जाने परम्परा रहेको छ । नातु बनाउन खबर गर्न जाँदा रातो भाले, समेबजि सहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाईसकेपछि तीन हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नु पर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । उहाँले जात्राका लागि त्रिशुल जस्तै तीन तीर भएको नातु अर्थात सुईरो बनाएको बताउनुभयो ।

जिब्रो छेड्न आठ दिनलाई द्यः दुसालेगु भन्ने गरेको र त्यसदिन बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन रहेको बताउनुभयो । जिब्रो छेड्ने जात्राको चारदिन अगाडि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राख्ने प्रचलनमा रहेको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले इन्द« जात्राको दिनमा बालकुमारीमा छ्वयला ब्वः, रातो भालेको बलि सहितको पूजागरी भोज खुवाउने प्रचलन रहेको बताउनुभयो ।

त्यसैको भोलीपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुभैरवसम्मको स्थानमा बत्ति दिन गईन्छ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यतिm) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवि शतिm प्राप्त हुने जनविश्वास रहेको छ ।

त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ । सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने गरिन्छ । त्यसपछि म्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गरिन्छ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गरिन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि लाने गरेकोमा अहिले भने थिमिको बिभिन्न भाग परिक्रमा गरिनेछ ।

त्यसपछि भने बालकुमारी मन्दिरमा पुगेर कमीनायोले सुइरो निकाल्ने गरिन्छ । सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखेर सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । त्यसपछि सगुन लिएर भोज खुवाउने र भोलीपल्ट बिहान बालकुमारीमा नातु पूजा भनि द्यःलित तवनेगु अर्थात विसर्जन पूूजा गरेपछि जात्रा सम्पन्न हुन्छ ।

यसअघि २०५३, २०५९ र २०६३ सालमा गरी तीन पटक जिव्रो छेडेका कृष्ण नानिचा श्रेष्ठ, अहिले छेड्ने व्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ, समितिका सदस्य राजेश सुवा श्रेष्ठ, प्रदिप जामन श्रेष्ठ लगायतका व्यक्तिले नगरको लोपोन्मुख संस्कृति, जात्राहरुलाई संरक्षण गर्न सम्बन्धित निकायले आवश्यक चासो देखाउनु पर्नेमा जोड दिनुभयो । कला, संस्कृतिले धनी मध्यपुर थिमिमा प्रत्येक वर्षको बैशाख २ गते बोडेमा मनाउने जिब्रो छेड्ने जात्रा भने हरेक वर्ष संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्