एक पटक पुग्नै पर्ने स्यार्पुताल, रुकुमको पहिचान संरक्षण गर्न जरुरी



धनवीर दाहाल, रुकुम । मुसिकोटबाट पैदल हिडेर स्यार्पु ताल पुग्ने लक्ष्य राख्नुभएको छ भने तपाईको मानसपटलमा स्यार्पुकै दृश्य देखिन थाल्छ । स्र्यापु ताल पहिलो पटक जान लागेको हो भने पनि कल्पनामा तस्बिर स्र्यापुकै देखिन थाल्छ । अर्थात रुकुमको स्यार्पु ताल बर्षातको समयमा एक पटक अवलोकन गर्नै पर्ने ताल हो । मुसिकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्र्यापु पुग्ने एउटा बाटो छ भने मुसिकोटबाट सल्ले,कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ ।

सडक पुगेको भएपनि हिडेर जानु झनै राम्रो मानिन्छ । बर्षातको समयमा अर्थात भदौ महिनाको १५ देखी असोज महिनाको १० गते सम्म स्यार्पु ताल अत्यन्तै लोभ लाग्दो हुन्छ । चारैतिर हरियाली गाँउ बिचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ । रुकुमको पहिचानको रुपमा रहेको प्रसिद्ध स्र्यापुतालको सौन्दर्यताले यतिबेला निकै रौनक दिएको छ । रुकुम जिल्लालाई पर्यटकिय दृष्टीकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पुतालको उत्तिकै महत्व छ । रुकुम सदरमुकाम देखी १ दिनको पैदलदुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्र्यापु तालमा रमाउन पुग्ने पर्यटकका लागी होमस्टेइ पनि सञ्चालनमा छन् । बर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न तथा रमाउनका लागी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् ।

तर यतिबेला तालको वरपर सडक निमार्ण भएकोले माथिबाट पहिरो आएर ताल पुरिन्छ कि भन्ने त्रास स्थानियको छ । तालको चारैतिर सडक निमार्ण हुनु राम्रो भएपनि त्यसबाट हुने क्षतिलाई रोकथाम गर्नुपर्नेमा स्थानियको जोड छ । स्थानीय मनबहादुर ओलीले तालको संरक्षण आवश्यक भएको बताए ।

पर्यटकिय दृष्टीकोणले अग्रपंत्तिमा रहेको रुकुमलाई स्र्यापुको मनोरम दृश्यले झनै रमाइलो बनाएको छ ।

यो तालमा काठका परम्परागत डुंगा संचालनमा रहेका थिए तर यस पटक रवरको ढुंगा (¥याप्टिङ) संचालनमा ल्याईएको छ । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा संचालनमा ल्याईएपछि तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । ल्याईफ ज्याकेट र हेल्मेटको व्यवस्था समेत गरिएको छ । पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमको सहजिकरणमा स्थानीय दरीभान पुरीले डुंगा संचालनमा ल्याएका हुन । डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्यामा बृद्धि भएको र अरु डुंगा थप्ने तयारीमा रहेको डुंगा ंसंचालक दरीभान पुरीले बताए । बाँफिकोट गाँउपालिका वडा नं ३ र ५ को बिचमा रहेको यो तालको सुन्दरताबाट लिनेहरुको हरेक दिन भिड लाग्ने गर्दछ । तर ताल माथीबाट आउने पहिरो र ताल वरपर हुने सडक निमार्णबाट आउन सक्ने भुक्ष्य रोकथाम गर्न तर्फ भने स्थानीयबासी एवं पर्यटनसँग सम्बन्धीत निकाय जुट्नु पर्ने जरुरी देखिएको छ । तालको चारैतर्फ मिलेर बनेका वस्तिहरु,नजिकै रहेको स्यानीदह,दादुरे ताल,सिमैछरी झरणा र स्यार्पुृृृृृ सम्म पुग्दा सोही बाटो भएर सुसाउदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्शाएको छ ।

ताल वरिपरि चक्रपथ विस्तारको नाममा डोजर लगाएर सडक बनाउने कार्य र तालको महाुन तिर वर्षेनी आउने बाढिले ताल पुरिने खतरा बढि रहेको छ । तालको सुन्दरता बयान र त्यसवाट आनन्द लिनेहरु धेरै भएपनि तालको सरसफाईमा ध्यान नदिने कोही नभएको भनि गुनासो बढ्न थालेपछि ताल सरसफाईको अभियान समेत थालिएको छ । बाँफिकोट गाँउपालिकाको अगुवाईमा सरसफाई गर्ने काम थालिएको हो । तालको सरसफाई यस अभियानले तालको सुन्दरतालाई थप उर्जा प्रदान गर्ने यहाँका अगुवा गोपाल केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्