बडादशैंको टीकाको साइत बिहान ११ः५५ मा


काठमाडौं, (नेस)। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ। बुधबार समितिले साइत सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो।