संयुक्त सैनिक अभ्यासको निरीक्षण

0
Shares

 

काठमाडौं, (नेस)
कामु प्रधानसेनापति बलाधिकृत रथी बलदेवराज महतले रूपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास एक्स–सूर्यकिरण आईएक्सको निरीक्षण गर्नुभएको छ।

निरीक्षण भ्रमणको दौरान कामु प्रधानसेनापति महतलाई अभ्यास निर्देशक सहायक रथी शैलेन्द्रशमशेर थापाले अभ्यास सूर्यकिरण सञ्चालनसम्बन्धी जानकारी गराउनुका साथै कामु प्रधानसेनापति महतले दुवै देशका सहभागी फौजद्वारा प्रदर्शन गरिएको प्रतिविद्रोह तथा प्रतिआतंकवादसम्बन्धी प्रदर्शनीलगायत फायरिङको अवलोकन गर्नुभएको थियो। सोही क्रममा उहाँले सहभागीसँग अभ्याससम्बन्धी अन्तरक्रियासमेत गर्नुभएको थियो।
उक्त निरीक्षण भ्रमण टोलीमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देवकुमार सुवेदी र मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो।