तेस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता आज, एमालेमा दुई मेयर उम्मेदवारको विवाद मिल्यो



सञ्जय कार्की, रौतहट । गणतन्त्र पछि पहिलोपटक तेस्रो चरणमा हुन लागेको प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको दिन आज रहेको छ । तर पनि दलका उम्मेदबारको बिबाद अझै कायम रहेको छ । नेपाली काग्रेसले हिजो अपरान्ह सार्बजनिक गरेको नामअनुसार चन्द्रपुर नगरपालिकामा बिबादका बीच मेयर पदमा रामचन्द्र चौधरी र उपमेयरमा तुलसा ठोकर कोईराला रहेको छ । तर कोईरालाले भनिन आफुलाई कुनै जानकारीनै नदिकन चयन गरेकोमा आपति रहेको छ र मैले स्वत उम्मेदबारी फिर्ता लिएको छु । मनोनयनको दिन आईसक्दा नेकपा एमालेले रौतहटका सवै स्थानीय तहमा उमेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

तर चन्द्रपुर नगरपालिकामा भने दुई जनाको हातमा मेयर पदको टिकटले कार्यकर्ता लाई आश्चर्यतकित तुल्याईदिएको छ । जिल्ला समिति र केन्द्रीय समितिले बाबुराम दाहालको नाम सार्वजनिक गरे लगतै सोही पदमा उद्धव रेग्मीले समेत मेयरको टिकट पाएका छन । दुबैको टिकटमा एमालेका प्रदेश नम्वर २ का संयोजक सत्यनारायण मण्डलले हस्ताक्षर गरेका छन ।

नेकपा एमाले चन्द्रपुर नगरकमिटीका अध्यक्ष शिव आचार्यले उद्धब रेग्मीले आधिकारीक रुपमा मेयरको टिकट पाएको जानकारी दिएका छन भने एमालेका जिल्ला सचिव लक्ष्मण रेग्मीले केन्द्र र जिल्लाले आधिकारीक रुपमा दाहाल लाइ उम्मेदवार बनाइ सकेको बताउनु भयो । राजपा नेपालले अझै सम्म उम्मेदबारी घोषणा गर्न सकेको छैन । नेकपा माओबादीले एक महिना अघिनै युबराज भट्टराई ( समिर ) लाई उम्मेदबारी घोषणा गरेर प्रचार प्रसार गर्दै आईरहेका छन । उपमेयरमा देबकी नेपाल रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्