रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काग्रेस र एमालेको लफडा



सञ्जय कार्की, रौतहट । मनोनयन दर्ता गर्न एक दिन बाकी रहदा समेत रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काग्रेस र एमालेले मेयर पदको उम्मेदबार टुङ्गो नलगाउदा कार्यकर्ता निराश भएका छन । नेपाली काग्रेसले तालमेल गर्ने होकी उम्मेदबार चयन गर्ने हो यसैमा अल्झिएको छ भने एमालेको दुई जनाको हातमा टिकट परेको चर्चाले कार्यकर्ता अन्यौलमा रहेका छन ।

नेपाली काग्रेसको चन्द्रपुर नगरसमितिले नगर र क्षेत्रले सिफारिस गरेको भन्दा बाहेकका लाई टिकट दिए या तालमेल गरेमा चुनाब बहिष्कार गर्ने घोषणा समेत गरेको छ । नेपाली काग्रेसको चन्द्रपुर नगरसमिति र क्षेत्रिय समितिले चन्द्रपुर नगरपालिकाको मेयर पदको लागि धनलाल ठोकरको नाम सिफारिस गरेपनि उनले अझै टिकट पाउन सकेका छैनन । सिफारिस बिपरित रामचन्द्र चौधरीले टिकट पाउने सम्भाबना रहेको स्रोतले बतायो । उता एमालेको बाबुराम दाहाल र उद्धब रेग्मि दुबैको हातमा चन्द्रपुर नगरपालिकाको मेयर पदको उम्मेदबारीको टिकट हात परेको छ ।

एमालेको चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा जानकारी दिन आयोजित कार्यक्रममा दुईपक्ष बीच हातहाला समेत भएको छ । उता नेपाली काग्रेसले आज सम्म पर्ख र हेरको नीति लिएको नेपाली काग्रेस रौतहटका सभापति कृष्ण यादबले बताउनु भयो । पार्टीको संगठन कमजोर रहदा गौर नगरपालिकामा नेपाली काग्रेसले मेयर पदमा उठाउने ब्यक्तिनै नपाएको एक कार्यकर्ताले बताए । उता एक महिना अघि मात्र नेपाली काग्रेस परित्याग गरी एमाओबादीमा प्रबेश गरेका गरुडा नगरपालिका निबासी कन्तमणी जैयसवाले टिकट नपाएपछि उनी नाराबाजीमा उत्रेका छन ।

उनी भन्छन आफुले प्रचण्डको हात बाट टिका लगाएर पार्टी प्रबेश गर्दानै मेयरको उम्मेदबार बनाउने भनिएपनि अन्तिममा आएर धोखा पाएको गुनासो गरेका छन । उनले टिकट पाउने आशामा बाढिपीडित लाई राहत र पार्टीका उच्च नेतालाई सम्मान समेत गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्