अझै विचल्लिमा छन् एक वर्ष अघिका पहिरो पिडितहरु



रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा एक वर्ष अघि भदौ १७ गते राति गएको पहिरोबाट विस्थापित बनेकाहरु अझै पुन स्थापित हुन सकेका छैनन् ।

पहिरो गएको स्थानमा अझै सम्म पहिरो झरीरहेको र अन्य स्थानमा स्थापित हुने ठाउँ समेत नभएकाले उनिहरु भाडामा कोठा लिएर बसेको एक वर्ष बितिसकेको छ ।

फुङ्लिङ नगरपालीका ८ दोखु मा एक वर्ष अघि गएको पहिरोले १६ घर परीवार विस्थापित भएका थिए । उनिहरु मध्ये केहि परिवार सो स्थानलाई छाडेर बसाई गएका छन् भने केहि परिवार नजिकैको हिटि बजारमा डेरा बसेका छन् ।

पहिरो जानसाथ जिल्ला दैविक प्रकोप समिति, विभिन्न संस्था र सहयोगिले जस्तापाता दिए पनि घर बनाउने स्थान नहुँदा जस्तापाता थन्क्याएर डेरा बस्नुपर्ने बाध्यता भएको पहिरो पिडित हर्क पालुङ्वाले बताए ।

आफुहरुले सरकारलाई स्थानिय प्रशसन र राजनितिक दल मार्फत विभिन्न समयमा पुर्नस्थापनाको व्यवस्थाका लागि आग्रह गरे पनि ध्यान नदिएको पिडितको गुनासो रहेको छ । गत वर्ष गएको पहिरो सो स्थानमा ४५ घरमा क्षति पु¥याउँदा ४ जनाको मृत्यू भएको थियो भने १६ परीवार पुर्ण रुपमा विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्