मामाघरलाई २५ लाखमामाघरलाई २५ लाख

0
Shares

हेटौंडा,(नेस) । हेटौंडाको मामाघर नेपालको भवन निर्माणका लागि सहयोग जुटेको छ । हेटांैडा–११, डाङडुङ्गेमा निर्माणाधीन घर निर्माणका लागि क्वानिस इन्टरनेसनल नेपाल र मामाघर नेपालसँग भएको सम्झौता भएको हो ।

सोअनुसार पहिलो चरणमा २५ लाख रुपियाँ उपलब्ध गराइने र भवन निर्माण नसकुञ्जेल सहयोग गरिने भएको छ ।
दातृ निकायबाट हुने सहयोग र ‘एक ब्यक्ति, एक ईंट्टा’ अभियानबाट मामाघर निर्माण गर्न लागिएको मामाघर नेपालका प्रमुख संरक्षक अर्पण पराजुली (मामा) ले बताए ।

मामाघर नेपाल मकवानपुरको दीगो ब्यवस्थापन र सञ्चालनका सम्बन्धमा भएको अन्तक्र्रियामा भवन निर्माणका लागि हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले सहयोगको प्रतिवद्धता जनाए । उनले हरेक महिना मामाघरमा आश्रित ‘भाञ्जा’ हरुको खानाका लागि ५० केजीका दरले चामल उपलब्ध गराउने बताए ।

मेयर महतले आफ्नी छोरी रुनाको विवाहको गोडधुवा (दाइजो) रकम संकलन गरेर हेटौंडा–११ मा सुकुम्बासीका सन्तति अध्ययनरत् शंकरज्योति आधारभूत विद्यालय भवन निर्माण गरेको उदाहरण दि“दै समाजसेवा मनबाट जाग्नुपर्ने बताए ।
मामाघर नेपालका अध्यक्ष शालिकराम ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–४ अध्यक्ष नवीन सिग्देल, क्वानिस इन्टरनेसनल नेपालका सुजनकुमार श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
परिकल्पनाकार पराजुलीले पूर्वसडक बालकको समस्या बुझेर लामो हालको ‘मामाघर’ परिकल्पनाकार गरेका हुन् । मामाघरले आश्रय र सुधारगृहको योजना बुनेर हेटौंडामा देशकै नमूना योजना अघि सारेपछि पूर्वसडक बालकहरुले पढ्न र आश्रय पाएका छन् ।
चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओछ्यान र आकाशलाई सिरक बनाउ“दै आएकाहरुले आश्रय पाएका छन् । २०६८ सालमा स्थापित मामाघरमा हाल २१ ‘भाञ्जा’ आश्रित छन् ।