राजविराज नगरपालिकामा चुनावी चहल पहल तिव्र 

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज । सप्तरीको सवैभन्दा पुरानो राजविराज नगरपालिकामा चुनावी चहल पहल तिव्र वनेको छ । पार्टीले उम्मेदवारको टुङ्गो नलगाएपनि सम्भावित उम्मेदवारहरु आ–आफनै स्तरवाट प्रचार प्रसारमा जुटेका छन् ।
एकाविहानैदेखि अवेर रातीसम्म मतदाताको घर घर पुगेर उनीहरु मत माग्न ब्यस्त रहने गरेका छन् । एमालेकातर्फवाट मेयरका लागि सुखराम यादवले चुनावी प्रचार सुरु गरेका छन् भने उपमेयरका लागि ममता चौधरीले मतदाताहरुसँग भेटघाटलाई तिव्रता दिएकी छिन् ।

पार्टीले आधिकारीक रुपमा उम्मेदवार घोषणा गरी नसकेको कारण एकै पार्टीवाट एउटै पदका लागि दुई वा सो भन्दा वढि सम्भावित उम्मेदवार समेत प्रचार अभियानमा देखिन थालेका  छन् । यसैक्रममा सोमवार राष्ट्रिय जनता पार्टीले राजविराज नगरपालिकाको लागि सम्भावित उम्मेदवारका रुपमा ९ जनाको नाम केन्द्रिय समितिमा सिफारिस गरेको छ । ति मध्ये अधिकांशले आफुले नै टिकट पाउने दावी सहित प्रचार प्रसारमा जुटेको सोहि पार्टीका एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

यस्तै नेपाल लोकतान्त्रीक फोरमवाट पार्टीका जिल्ला अध्यक्ष शैलेश कुमार चौधरी समेत मतदाता भेटघाट, छलफल, लगायतका काममा ब्यस्त रहने गरेका छन् । यसपटक नगरपालिकाको मेयरमा उम्मेदवारी दिने निश्चय गरेका चौधरी पुर्व मेयर समेत हुन् ।

नेकपा माओवादी केन्द्रले राजविराज नगरपालिकाको मेयरका लागि पुर्व आपुर्ति राज्य मन्त्री मो. अनिष अन्सारीलाई उम्मेदवार वनाउने लगभग निश्चित भएको पार्टी श्रोतले जानकारी दिएको छ । यद्यपी उनको आधिकारीक घोषणा चाहि भईसकेको छैन तर अन्सारी चुनावी प्रचारमा भने जुटिसकेका छन् ।

नेपाली कांग्रेसले पनि राजविराज नगरपालिकाका लागि उमेदवारको टुङ्गो लगाएको छैन । उक्त पार्टीवाट शम्भुलाल देव, ध्रुवप्रसाद देव, मो. इर्साद अन्सारीलगायतको मेयरमा दावेदारी रहेपनि टुङ्गो नलागिकनै सवैले आ–आफनो स्तरवाट प्रचार अभियान सुरु गरीसकेका छन् ।