तम्घास–सिमलटारी सड्क पुनःबन्द

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मीको तम्घास–सिमलटारी सड्क खण्ड पुनःबन्द भएको छ । एक साता देखि अबरुद्ध बनेको सड्क केहि दिन आंशिक रुपमा सुचारु भएको थियो । निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै ठुलो र जोखिपूर्ण चट्टालाई चौडा पार्ने काम भइरहेकोले पुनः २ दिन मगलवार र बुधवार सड्क बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नविन बस्नेतले जानकारी दिए ।

भदौ ४ गते देखि सड्क चौडा पार्ने काम भइरहेको सड्क बिहिवार अर्थात भदौ १५ गतेबाट पूर्ण रुपमा सुचारु हुने बस्नेतले जानकारी दिए । बाटो बन्द भएसगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौ धेरै सड्कहरु प्रभावित भएका छन् ।

सड्क बन्द भएसगै सयौ सवारी साधान तथा यात्रुहरु मारमा परेका छन् । सड्क बन्द भएसगै अन्य स्थानबाट बैकल्पीक बाटो प्रयोग गरेर यात्रा गर्दा वढी भाडा तिनुपर्ने र जोखिम पूर्ण यात्रा गर्नु परेको यात्रुहरुको गुनासो रहेको छ ।

उक्त सड्कको दुइ वर्ष देखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ । कम्पनीले तम्घास देखि सिमलटारी सम्मको सड्क कालोपत्रे गर्न तिब्र गतिमा काम गरिरहेको छ ।