पाँचथरमा दुईवटा जलबिद्युत आयोजना अन्तिम चरणमा, मंसिर सम्ममा २५ मेगावाट थपिने

0
Shares

गणेश साम्पाङ, पाँचथर । पाँचथरमा निर्माणाधिन २५ मेगा वाटको काबेली बी वान र २२ दशमलव २ मेगावाट क्षमताको तल्लो हेवाखोला जलबिद्युत आयोजनाको काम ८० प्रतिशत पुरा भएको निमार्ण कम्पनीले जनाएका छन ।

पाँचथर ताप्लेजुङको सिमाना भएर बग्ने इन्द्रावती र काबेलीको संगम स्थलमा बाँध बाधेर ४ हजार ७ सय मिटरलामो पाइपद्वारा पानी खसाएर बिद्युत उत्पादन गरिएको छ । पाँचथरको साबिक नागी गाबिसको काबेली नदीमा पावर हाउस रहने काबेली बी वानको काम ८५ प्रतिशत पुरा भएको इन्जिनीयर माधव भूर्तेलले बताउनु भयो ।

इन्जिनीयर भुर्तेलका अनुसार इन्टेकको काम प्राय पुरा भयोे पानी ल्याउने पाइपको काम ८५ प्रतिशत पुरा भयो भने पावरहाउसको काम पनि ८० प्रतिशत पुरा भयो अब मंसिर अन्तिम देखि बिजुली बल्छ इन्जिनीयर भूत्ेल भन्नुहुन्छ । अरुण काबेली पावर लिमिटेडले निमार्ण गरी रहेको सो आयोजनाबाट मंसिरमा बिजुली बले पनि १३२ के भि ए क्षमताको काबेली करिडोरका प्रसारण लाइनको काम पुरा भइ नसकेको हुनाले भूर्तेल बताउनु हुन्छ ।

यता सदरमुकाम फिदिम नगरपालिका साबिक भारपा गाबिसको सिमाना भएर बग्ने हेवा खोलामा निमार्ण भै रहेको २२दशमलव २ मेगावाट क्षमताको तल्लो हेवा खोला जलबिद्युत आयोजनाको काम पनि ८० प्रतिशत पुरा भएको आयोजना प्रमुअ गणेश सुब्बाले बताउनु भयो ।

हेंवा खोला र फेमेखोलामा गरी २ वटा इन्टेक निमार्ण गरेर ५ हजार ४ सय मिटर सुरुङ मार्ग द्वारा पुन हेंवा खोलामा नै पावर हाउस रहने सो आयोजनाको टनेल छेड्ने काम पुरा भयो अब फिनिसिङ गर्न बाँकी छ पावर हाउसको काम ७५ प्रतिशत बाँकी छ प्रमुख सुब्बा भन्नुहुन्छ ।
माउण्टेन हाइड्रो प्रालि द्रारा २०७१ मंसिर देखि निमार्ण कार्य शुरु गरिएको भए पनि ०७२ को महा भूकम्प र नेपाल भारतको नाकाबम्दीको कारण सो आयोजनाको तोकिएका समयमा सम्पन्न हुन नसकेको माउन्टेन हाइड्रो प्रालिका सदस्य दिपेन्द्र आङबो भन्नु हून्छ काममा कुनै अवरोध नआएमा आगामी जेठ सम्ममा बिजुली बल्ने बल्ने छ निमार्ण कम्पनीले दाबी गरेको छ ।
प्राइम बैंकको नेतृत्वमा अन्य १२ वटा बैंकको लगानी रहेको सो आयोजनाको शुरुको अनुमानित लागत ३ अरब ६६ करोड भए निमार्णकार्य सम्पन्न हुदाँ सम्ममा सो लगानी बढेर ४ अरब पग्ने आयोजना प्रमुख सुब्बा बताउनु हुन्छ ।