खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु


नेपाल समाचारपत्र, हेटौँडा ।
मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । पौडी खेल्न मनहरीबजार नजिकै खोलामा गएका बालकहरुको डुबेर ज्यान गएको बताइएको छ ।

खोलाले बगाएका एकजना बालकलाई भने सकुशल उद्धार गरिएको स्थानीय बताएका छन् । मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको छ ।

मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन थिङ, १० वर्षका अलेश रुम्बा र १२ वर्षका प्रशका रुम्बा छन् । १५ वर्षका बुद्ध मोक्तानलाई स्थानीयले जीवितै उद्धार गरेका हुन् ।

गम्भीर घाइते रुम्बालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । मृतकको शव स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।