सशस्त्र प्रहरी जवान मृत फेला,हत्या गरिएको आशंका

0
Shares

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कँुवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भीमदत्तनगरपालिका–३ घर भएका जवान कुँवरको बिहीबार बिहान शव भेटिएको हो । उहाँको साथमा रहेको मोटरसाइकल घटनास्थल नजिकै भेटिएको छ ।

कुँवरको हत्या गरिएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस