पाकिस्तानले अमेरिकाबाट विशेष फाइदा गुमाउन सक्छः टिलरसन


 

वासिङटन, (एजेन्सी)
अमेरिकाले अफगानिस्तामा तालिबानलाई समर्थन दिइरहेको आरोप लगाउँदै पाकिस्तानमाथि थप दबाब दिएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले यदि पाकिस्तान सरकार नीति बदल्न असफल भएमा उसले अमेरिकाबाट पाउने विशेष फाइदा गुमाउनुपर्ने हुन्छ।

पाकिस्तानलाई गैरनेटो सहयोगीका रूपमा विशेष दर्जा प्राप्त छ र त्यसका लागि उसले लाखौं डलर हासिल गरिहेको छ। पाकिस्तानले भने तालिबानलाई शरण दिइरहेको आरोपलाई लगातार अस्वीकार गर्दै आइरहेको छ।

अफगानिस्तानलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ रणनीति घोषणा गरेको एक दिनपछि टिलरसनले भने– ‘यदि उसले आफ्नो ब्यवहार परिवर्तन गर्न तयार हुँदैन वा पाकिस्तानमा आश्रय हासिल गर्ने सम्पूर्ण कट्टरपन्थी संगठनसँगको सम्बन्धलाई नबदल्ने हो भने यो मुद्दा वार्तामा समावेश हुन सक्छ।’
यो कारवाही हुनु पाकिस्तानको हितमा रहेको बताउँदै स्थिर पाकिस्तान अमेरिका र अन्य देशको हितमा टिलरसनले बताए। उनले भने– ‘ऊ एक परमाणु शक्ति हो र हामी उसको हतियारको सुरक्षाका लागि चिन्तित छौं।’

अमेरिकी विदेश मन्त्रीले अफगानिस्तान संघर्षमा जित हासिल गर्न नसक्ने कुरा तालिबानले बुझ्नुपर्ने पनि बताए। उनले यसमा अमेरिकालाई पनि जित हासिल नहुने बताए। संघर्ष अन्त्यका लागि वार्ता मात्र एक प्रमुख मार्ग भएको टिलरसनले बताए।

पाकिस्तानमाथि दबाब बनाइराख्न सैन्य सहायता राक्न सक्ने र पाकिस्तानको महत्वपूर्ण गैरनेटो सहयोगीको दर्जाका बारेमा पुनर्विचार हुन सक्ने रेक्स टिलरसनले बताए। धेरै दबाब पाकिस्तानलाई अस्थिर गर्न सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार अफगानिस्तानलाई लिएर नयाँ नीतिको जानकारी दिएका थिए। ट्रम्पले यदि हतारमा अमेरिकी सैनिक फिर्ता बोलाइएमा कट्टरपन्थीलाई फाइदा हुने बताएका थिए।