नेपाल समाचारपत्र
काठमाडौं
कुमारी बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच आपसी सहमति भएको छ। सहमतिअनुरूप शुरुआतमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्य र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जनाभन्दा बढी सदस्यको पुतलीसडक शाखामा एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ। रोग रोकथाम एवं रोग शुरुआती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवं तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले उक्त शिविरको आयोजना गरिएको थियो।
शुरुआती योजनाअनुसार परीक्षण गरिएका कर्मचारी एवं अन्य व्यक्तिहरूका लागि कम्तीमा एक सातासम्मका लागि अतिविशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराउन सक्नेछन्।
पुतलीसडक शाखाका अलावा कुमारी बैंकका अन्य शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्य एवं ग्राहकवर्गले समेत यो योजनाबाट लाभ लिनसक्ने व्यहोरा बैंकले उल्लेख गरेको छ।
गत वैशाखदेखि नर्भिकले आफ्नो स्तरीय स्वास्थ्य सेवाको २५औं वर्षमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यस्ता थप कार्यक्रमहरू गर्दै जाने निर्णय गरेको हुँदा उक्त शिविर सञ्चालन गरेको प्रेसित वक्तव्यमा उल्लेख छ। नर्भिकले यसपूर्व विश्व खाद्य कार्यक्रम, लिटिल एन्जेल स्कुल, श्रमज्योति कोअपरेटिभ जस्ता संस्थाहरूमा पनि यसखाले शिविर सञ्चालन गरिसकेको छ र अन्य संस्थाहरूसँग हातेमालो गर्दै थुप्रै शिविर गर्ने तरखरमा रहेको जनाइएको छ।











प्रतिक्रिया