सडक पेटिमै अबैध व्यापार,समस्या खेप्दै पैदल यात्री



पबित्र आचार्य,काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विदेशिहरुले अवैध ब्यापार गर्ने गरेको पाइन्छ ।

बिशेषतः चीन र भारत मुलका नागरीकहरुले सडक पेटिकै बीचमै व्यापार गर्ने गरेको देखिएको छ । सरकारी निकायको व्यवास्थाका कारण बिना दर्ता सडकमै व्यापार गर्ने कार्य रोकिएको छैन । जसको प्रत्यक्ष असर पैदलयात्री माथि पर्न गएको छ ।

सडकमा हिंड्ने पैदल यात्रुहरुलाई आवतजावतमा अफ्ठेरो भएपनि स्थानीय प्रशासनले भने देखेपनि नदेखेको जस्तो गर्ने गरेको पाइएको छ । सडकको बीच भागमै त्रिपाल टांगेरै व्यापार गर्ने कार्यले यात्रीको आवतजावतमा समस्या भएको पैदलयात्री हरीहर पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो ।

उहाँले भन्नुभयो,–‘हामी हिडींरहेका हुन्छौं । सडकमा हामीलाई हिंड्न अफ्ठेरो भयो भनेर गाली गर्ने हो भनेपनि उल्टै थर्काउँछन् । त्यसैले देखे पनि नदेखेझै गरेर हिंड्नुपर्ने हुन्छ ।’ काठमाडौं उपत्यकाका व्यस्थ सडकहरु न्यूरोड, रत्नपार्क, भृकृटिमण्डप, चावहिल, कलकीं लगायतका स्थानमा यस्तो व्यापार हुने गरेको छ । चिनींया र भारतीय मुलुकका व्यापारीहरुले समेत सडकमै व्यापार गरेको पाइएको छ ।

बिशेषतः साँझको समयमा सडक व्यापार हुने गरेको छ । चिनींया र भारतीय मुलका व्यापारीहरुले घडी, क्यालकुलेटर, फेन्सी आईटमलगाएतका सामाग्रीहरुको अबैधानिक तवरबाट सडकमै बिक्री गर्दा प्रहरी नै मौन बस्ने गरेको पाइन्छ ।

महानगरीय प्रहरी उपरीक्षक विष्णुप्रसाद जोसीका अनुसार अवैध व्यापार गरेको भेटीए जोसुकैलाई कारवाहि हुने वताउनुभयो ।

उहाँले भन्नुभयो,–‘केहि वर्ष अघि भेटेका थियौं । केहि वर्ष अघि हप्तामा १२/१५ जना हुने गर्थे तर हीजो आज जानकारी छैन । केहि समय अगाडि घडि बेचीरहेको खबर पाएर हामी त्यहाँ गयौ जादाँ गैसकेको रहेछ । पहीले दुई तिनजना आउँछन् अनी राम्रो व्यापार भए धेरै आउने गर्छन ,नेपाली र विदेशीलाइ एउटै कानुन छ ।’

पछिल्लो समय बिदेशीहरुलाई अवैध व्यापार शिर्षकमा कारवाही नगरीएको प्रहरीले बताएको छ । केहि समय अघि प्रहरीले सडकको पेटिमै अबैध व्यापार गरेको भन्दै हप्तामा १५ जना सम्मलाई कारबाही गर्ने गरेको महानगरीय प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी जानकारी दिनुभयो।

कारबाही स्वरुप सामानहरु जफत र सामानको प्रकृति अनुसार जरीवाना गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्