प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने दशजनालाई मृत्युदण्ड


 

ढाका, (एजेन्सी)
बंगलादेशको एक अदालतले आइतबार प्रधानमन्त्री शेख हसिनाको असफल हत्या षड्यन्त्र संलग्न रहेको बताइएका दशजना इस्लामिक लडाकूलाई मृत्युदण्ड सुनाएको छ। तिनीहरूले हसिनालाई कुनै र्यालीमा शक्तिशाली बम विस्फोट गराई हत्या गर्ने योजना बनाएका थिए। वकिल सामसुल हक बादोलले भनेका छन् ,‘सन् २००० मा आफ्नो पहिलो कार्यकालको बेला आमसभालाई सम्बोधन गर्ने स्थलमा बम राखेका तिनीहरूलाई फायरिंग स्क्वाडबाट गोली हान्न लगाई मृत्युदण्ड दिन आदेश दिइएको छ।

तिनीहरूको हसिनालगायत तत्कालीन सत्तारुढ पार्टी अवामी लिग पार्टीका उच्च पदस्थ नेताहरूलगायत अन्य गन्यमान्यलाई मार्ने योजना बनाएका थिए।’ त्यहाँ राखिएको ७६ किलोग्राम विस्फोट पदार्थ फेला पारेर निष्क्रिय पारिएको थियो। अहिले पनि प्रधानमन्त्रीको तेस्रो कार्यकालमा रहेकी हसिनाको सरकार रहेको छ।
प्रहरीले उक्त आक्रमण योजनाको नेतृत्व अतिवादी समूह हरकत उल जिहाद अल इस्लामीको स्वर्गीय नेता मुफ्ती अब्दुल हान्नानले गरेको जनाएको छ। यस समुहले नब्बे दशकको उत्तरार्ध दशि सन् २००० को शुरूसम्म बंगलादेशमा शृंखलाबद्ध हिंसात्मक आक्रमण गरेको थियो।

सन् २००४ मा बंगलादेशका लागि बेलायती विशेष दूतलाई ग्रिनेड प्रहार गरी हत्याको योजना बनाएको अभियोगमा हान्नानलाई गत अप्रिलमा फाँसी दिइएको थियो। यी दश जना अभियुक्तले हसिना मुश्लिम नभइ भारतीय एजेन्ट भएकाले उनको हत्यापछि मात्र बंगलादेशमा इस्लाम स्थापना गर्न सकिने बताएको अदालत सूत्रले जनाएको छ।

बादोलले सो घटनाको तीन दिनपछि हसिना अवतरण हुने हेलिप्याडमा पनि ठुलो परिणाममा विस्फोटक पदार्थ फेला पारेको थियो। अर्का वकिल खान्दाकर अब्दुल मान्नानले ती १० जनालाई चर्च र अन्य धार्मिक मेलामा शक्तिशाली बम विस्फोट गराएको आरेप लगाइएको बताएका छन्।

प्रतिवादी वकिल फारुक अहमदले ती अभियुक्तहरूले कारागार निकायमार्फत मृत्युदण्ड विरुद्ध अपिल गर्ने बताएका छन्। हान्नानले सन् २००४ को अगस्टमा राजधानी ढाकामा आयोजित एउटा र्यालीमा ग्रिनेड प्रहार गरी हसिनाको हत्या गर्न खोजेका थिए। सो आक्रमणमा २२ जना व्यक्तिको ज्यान गएको थियो। त्यतिबेला विपक्षी नेता रहेका हसिनाको कानमा चोट लागेको थियो।