महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

0
Shares

काठमाडौं,(नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्नुभएको थियो। नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।