आत्मघाती विस्फोटमा २८को मृत्यु


 

कानो, (एजेन्सी)
उत्तरपूर्वी नाइजेरियामा मंगलबार तीन महिला आत्मघाती आक्रमकारीले विस्थापितहरूको एउटा शिविरको प्रवेशद्वारमा विस्फोट गराउँदा कम्तीमा २८ जनाको मृत्यु भएको र ८२ जना घाइते भएको स्थानीय स्रोतहरूले जनाएको छ।

उक्त संकटग्रस्त क्षेत्रमा भइरहेका पछिल्ला शृंखलाबद्ध आक्रमणका क्रममा भएको उक्त विस्फोट बोर्नो राज्यको राजधानी माइडुगुरीबाट २५ किलोमिटर दूरीमा पर्ने डान्डारारीमा भएको जिहादीसँग लड्नका लागि गठन गरिएको बलका एक सदस्य बाबा खुराले जानकारी दिए।

तीन जना आत्मघातीले आफूलाई विस्फोट गराएपछि त्यस क्षेत्रमा त्रासदी फैलिएको उनले बताए। पहिलोले आफूलाई विस्फोट गरेलगत्तै अर्को दुईजनाले पनि आफूलाई विस्फोट गर्न लाग्दा त्यहाँ स्थानीय पसल बन्द गर्ने प्रयास गरिरहेका थिए। उनीहरूको विस्फोटले धेरैको हताहती भएको उनले बताए।